धादिङका कोरोना प्रभावित र बाढी पीडितलाई रुपन्देहीका युवाद्वारा राहत वितरण



यमलाल भुसाल, बुटवल ।

कोभिडबाट प्रभावित एवं बाढीपीडित परिवारलाई धादिङ पुगेर रुपन्देहीका युवाले राहत वितरण गरेका छन् । धादिङ मजनटारका ५५ घर परिवारलाई रुपन्देहीका युवाहरुले राहत वितरण गरेका हुन् ।

हाम्रो अभियानमार्फत सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका तिलोत्तमा रुपन्देहीका युवाहरुले अप्ठेरो अवस्थामा परेका विपन्न परिवारलाई २० किलो चामल, एक लिटर तेल, एक किलो नुन, सोयाबिन लगायतका खाद्य सामग्री वितरण गरेका हुन् ।

राहत वितरणको टोलीलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डे र समाजसेवी बाबुराम पाठकले बिदाइ गरेका थिए । हाम्रो अभियानका संयोजक सुनिल पाठक र विष्णु खरेल पीडित परिवारलाई राहत प्रदान गर्न धादिङ पुगेका थिए ।

तिलोत्तमा–१ का वडाध्यक्ष पाण्डेले युवाहरुले अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गरेर सह्रानीय काम गरेको भन्दै प्रशंसा गर्नु भयोे । समाजसेवी बाबुराम पाठकले महामारीबाट प्रभावितलाई राहत वितरण गरेर संगठनले रचनात्मक काम गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्