मुख्य कसुरदारलाई अदालतले दियो सफाइ



न्युज अफ नेपाल, दार्चुला ।

जिल्ला अदालत, दार्चुलाले सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सोमबार सामुहिक बलात्कारको अभियोगमा शैल्यशिखर–९ गाँजरीका १९ वर्षीय सन्तोष महरलाई दोषी ठहर गरेको छ, भने उक्त घट्नाका मुख्य कसुरदार नगतडका २७ वर्षीय सुरेश विष्टलाई सफाइ दिएको छ ।

पीडितले प्रहरीलाई घटनाबारे जानकारी दिएर बोलाउँदा विष्ट घटनास्थलमै भेटिएका थिए । उनकै कोठामा तीन दिनसम्म पीडित माथि जबरजस्ती करणी भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले अदालतले सफाइ दिएका विष्ट मुख्य कसुरदार रहेको बताउनु भएको छ ।

‘अभियोग विपरित फैसला भएको छ, अदालतको आदेशको पूर्णपाठ आउने वित्तिकै पुनरावेदन जान्छौ उहाले भन्नुभयो ।’ यो फैसला सर्वोच्चको नजिर विपरित छ, उहाले थप्नुभयो । यता दार्चुला जिल्ला अदालतका श्रेस्तेदार कौशल ज्ञावलीका अनुसार नियमित रुपमा पेसी चढेर उक्त मुद्दाको फैसला भएको छ । ‘फैसलाको पुर्णपाठ नआए सम्म अरु केहि भन्न मिल्दैन उहाले भन्नुभयो ।’ पुर्णपाठ आए पछि मात्रै सबै कुरा थाहा हुने बताइएको छ ।

२०७७ माघमा १४ वर्षकी किशोरीलाई दिनभरि गाडीमा घुमाएर राति गाडी चालकको डेरामा लगी चालक र सहचालकले पालैपालो बलात्कार गरेको भन्दै मुद्धा दर्ता भएको थियो । बयानमा चालक र सहचालक दुबैले किशोरी संग यौन सम्पर्क राखेको स्वीकार गरेपनि सहचालक मात्रै दोषी ठहर भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्