लमजुङ प्रहरीले हालसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद



शिक्षा पन्त, लमजुङ ।

लमजुङ प्रहरीले हालसम्मकै ठुलो परिमाणमा लागु औषध बरामद गर्न सफल भएको छ । प्रहरीले ५६२ थान लागु औषधसहित बारा जिल्ला निजगढ नगरपालिका–७ बस्ने बर्ष ३० का कमल केसीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटीएको टोलीले सुन्दरबजार नगरपालिका–७ फिल्म हलचोकबाट केसीलाई पक्राउ गरेको हो ।

प्रहरीले केसीको साथबाट डाइजेपाम १७२ थान,फेनारेगन २०९ थान नुफिन १८१ थान गरी कुल ५६२ थान लागु औषध पक्राउ गरेको लमजुङका प्रहरी निरिक्षक जगदिश रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार केसीको साथबाट नगद ५५ हजार ६ सय १५ रुपैया, मोबाइल फोन सेट ३ थान,निजको नागरीकताको फोटोकपी र सक्कल राहदानी उक्त मोटरसाईकल तथा सोको बिलबुक सहित पक्राउ गरेको छ । पक्राउ परेका केसीलाई जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमती लिई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भईरहेको लमजुङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्