नेपाली ४० लाख नगदसहित गौरी झापामा पक्राउ



न्युज अफ नेपाल, भद्रपुर ।

स्रोत नखुलेको ४० लाख नगदसहित एक व्यक्ति झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा न. २ बेलाईतिबारी बस्ने ४६ वर्षिय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको चालीस लाख सैतिस हजार छ सय सत्तरी नेपाली रुपैयाँसहित ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले शनिबार दिउँसो १२ बजे झापा गाउँपालिका वडा न. २ बेलाईतिबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउँनुभयो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट इन्सपेक्टरको टोलीले नगद बरामद गरी आबश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रवक्ता थापाले जानकारी दिनुभयो । पक्राउ परेका मण्डल झापा गाउँपालिकाका अन्नबाली खरिद बिक्री गर्ने व्यापारी भएको बुझिएको छ । उनलाई सो रकम भारत डिगलबैंकका व्यापारी पिन्टु र फिरोजले दिएर नेपाल पठाएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्