अपी हिमाल गाउँपालिकामा ढुंगा लागेर सब इन्जिनियरको मृत्यु



किरन धामी,दार्चुला ।

दार्चुलामा ढुंगा लागेर एक जना सब इन्जिनियरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज दिउसो २ बजेतिर जिल्लाको अपिहिमाल गाउँपालिका–३ घर भएका ओभर सियर २७ वर्षिय गणेश सिंह बोहराको मृत्यु भएको हो ।

सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित मकरीगाड जलविद्युत आयोजनामा खानेपानी लैजान निर्माण भइरहेको पाइप लाइनबाट खसेको ढुंगा लागेर सब इन्जिनियर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

खानेपानीको पाइन लाइन निर्माण भइरहेको ठाउँमा साइड हेर्न गएका सब इन्जिनियरको मृत्यु भएको उहाले बताउनुभयो । घटना स्थल खण्डेश्वरी प्रहरी चौकीबाट दक्षिण तर्फ २/३ घण्टाको पैदल दुरीमा पर्ने बताइएको छ ।

अहिले घटना स्थलमा लासजाँच मुचुल्का तयार गर्न ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरिक्षक अरुण बमको नेतृत्वमा प्रहरी टोली त्यस तर्फ खटिएको सुचना अधिकारी चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्