भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु



पुष्कर बुढाथोकी,भक्तपुर ।

अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत भक्तपुरको आदर्शचोकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार राती सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख २०३८ नम्बरको टिपर र विपरित दिशाबाट आएको प्रदेश ३–०२–०२४ प ८०३३ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना हँुदा चालकको मृत्यु भएको हो ।मृत्यु हुने चालक सूर्यविनायक नगरपालिका–८ सिपाडोलका २१ वर्षीय निरज श्रेष्ठ रहेका छन् ।

टिपरको ठक्करबाट सख्त घाइते श्रेष्ठको उपचारकै क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी डीएसपी दिपक गिरीले बताउनुभयो । प्रहरीले टिपर र टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का २९ वर्षीय रमेश माझीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्