लोकदोहोरीमा भूमिका



दाङको देउखुरीमा जन्मिएकी गायिका भूमिका गिरी विद्यालय पढ्ने समयमा अतिरिक्त क्रियाकलापमा सधंै प्रथम स्थान हासिल गर्थिन्। विद्यालयमा उनलाई अध्यापन गराउने शिक्षकदेखि बुबा आमाले पनि गीत गायनका लागि प्रेरित गर्थे।

सानै उमेरमा विभिन्न बाल क्लब र युवा क्लबमा सक्रिय रहेकी भूमिकालाई लोकगायिका बन्ने पहिलेदेखि नै रहर थियो। उनको रहर पनि पूरा हुँदै छ। लौका चाख्ने मौका देऊ गीतबाट एकाएक चर्चामा आएकी गायिका गिरीको भूमिका विस्तारै लोकदोहोरी क्षेत्रमा विस्तार हँुदैछ। मोडलिङ र गायन दुवैमा राम्रो सम्भावना बोकेकी भूमिकालाई लोक गीतको क्षेत्रमा केही विकृति भित्रिएकोमा भने चिन्ता छ। पाइरेसी रोक्ने, रोयल्टी सम्बन्धित स्रष्टाले नै पाउने व्यवस्था मिलाउन, राज्यले नीति नै बनाएर सर्जक र स्रष्टाको सम्मान, प्रेरणा र उत्साह पैदा गर्नुपर्नेमा उनको जोड छ। सम्बन्धित स्रष्टाले नै विज्ञापनमा खर्च गर्नुपर्ने अवस्था रहेकोले सरकारी सञ्चार माध्यमले प्रतिस्पर्धा र छनोटका आधारमा उक्त व्यवस्था गर्न सकेमा पनि मौलिक संस्कृतिको जगेर्ना हुने उनको विश्वास छ।

पछिल्लो समय भूमिकाकै युट्युब च्यानलबाट तीज गीत कर्मैले बिगार्छ सार्वजनिक भएको छ। यो तीज गीत अरू परम्परागत तीज गीतभन्दा फरक छ। गायिका गिरी र भागिरथ चलाउनेको स्वर रहेको गीतको म्युजिक भिडियोमा भूमिका आफैंले अभिनय पनि गरेकी छन्। उनीसँगै अभिषेक श्रेष्ठ र नारायणी क्षेत्रीको अभिनय रहेको छ। भागिरथ चलाउनेको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन सुनील परियारले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्