पिठ्युमा भिरेको झोलामा ६ किलो अफिम



न्युज अफ नेपाल, हेटौंडा ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट प्रनाउ योगेन्द्रकुमार खड्काको कमाण्डमा खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा–२ को संगमचोकस्थित सडकखण्डमा हिडिरहेका एक जनाको साथबाट अफिम बरामद गरेको छ ।

नियन्त्रणमा लिएर सोधपुछ गर्दा मकवानपुरको बकैया गाउँपालिका वडा–५ बस्ने वर्ष ४४ का रत्न भुलुनले पिठ्युमा भिरेको झोेलामा २ वटा पोलिथिनको झोलाभित्र पोका पारिएको अवस्थामा ५ किलो ७ सय ग्राम लागुऔषध अफिम फेला परेको हो ।

उनलाई लागुऔषध अफिमजस्तो देखिने कालो पदार्थसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको हो । भुलुनलाई प्रहरीले सोमबार दिउँसो करिब १ः३० बजे नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्