हेटौंडामा ३ कोरोना संक्रमितको एकैदिन मृत्यु



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा कोरोना भाइरस संक्रमणका कारण एकैदिन थप ३ जना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पालमा उपचाररत् थप ३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का ५५ वर्षीय पुरुष, हेटौंडा–४ का ५२ वर्षीय पुरुष र हेटौंडा–१५ का ५४ वर्षीय पुरुष रहेको हेटौंडा अस्पतालले जनाएको छ । यसस“गै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्