सिन्धुपाल्चोकमा माधव नेपालविरुद्ध ओली समूहको नाराबाजी



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

परमादेशबाट प्रधानमन्त्री नियुिक्तको बिरोधमा एमाले नेता कार्यकर्ताले मसाल जुलुससहित नाराबाजी गरेका छन् । एक सय भन्दा बढिको संख्यामा सहभागी एमाले नेता कार्यकर्ताले बलेफी गाउँपालिका ७ स्थित खाडीचौर बजारमा परमादेश जारी गर्ने सर्वोच्चका प्रधानन्यायाधिस चोलेन्द्र शमसेर राणा र नेता माधव नेपालको फोटो समेत जलाएका छन् ।

प्रधानन्यायाधिसको राजिनामा माग गर्दै उनीहरुले माधव कुमार नेपाललाई गद्धारको संंज्ञा दिँदै एमाले छाड्न समेत सार्वजनिक रुपमा आग्रह गरे । पार्टी हित बिपरीत कार्य गरेको भन्दै माधव कुमार नेपाल बिरुद्ध एमाले नेता कार्यकर्ताले ‘गद्धार माकुने एमाले छोड’ भन्दै चर्को नाराबाजी गरे ।

मसाल जुलुसपछि खाडीचौर बजार चोकमा आयोजित कोणसभामा युवा संघका केन्द्रिय सचिवालय सदस्य राजकुमार सुवेदीले संम्बोधन गरेका थिए । अदालतले संसदीय व्यवस्थामाथि नै प्रहार गरेको र एमालेका नाममा माधव कुमार नेपालले गद्धारी गरेका कारण मसाल जुलुस गरिएको उनले बताए ।

जुलुसमा खाडीचौर र आसपासका एक सय बढि युवा बिद्यार्थी सहभागी थिए । कार्यक्रममा बलेफी र सुनकोसी गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनीधिहरु पनि सहभागी थिए । युवा संघ र अनेरास्ववियुले मसाल जुलुस र ¥यालीको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्