एकैदिन समातियो २०९ किलो गाँजा



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा प्रहरीले एकैदिन २ सय ९ किलो गाँजा बरामद गर्दा ३ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा हेटौँडाबाट बारातर्फ जाँदै गरेको बीआर ०१ जीजी ८४९५ नम्बर भारतीय ट्रकबाट गाँजा बरामद गरेको छ ।

बुधबार विहान करिब पौने ११ बजे उक्त ट्रक चेक गर्दा गाडीमा लुकाइल्याएको लागुऔषध गाँजा १ सय ६९ किलो फेला परेको हो । ट्रकचालक भारत मोतिहारी बस्ने वर्ष ३० का रवीन्द्र राय र सोही ठाउँ बस्ने सहचालक वर्ष ३१ का मुक्तार सैफिकलाई गाँजा र ट्रकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार नै विहान करिब ७ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९, नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटांैडातर्फ आउँदै गरेको ना. ६ ख ३७४१ नम्बर कन्टेनर चेक गर्दा गाँजा बरामद गरेको छ ।

कन्टेनरमा लुकाइल्याएको लागुऔषध गाँजा ४० किलो फेला परेको हुँदा कन्टेनर सहचालक नुवाकोट बेलकोटगढी नपा वडा–४ बस्ने वर्ष १९ का दीपक गुरुङलाई गाँजा र कन्टेनरसहित नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्