काठमाडौंमा थप २६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा २६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ७४ र भक्तपुरमा ४५ जना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएएको छ।

पछिल्लो २४ घण्टामा थप २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६६५७ पीसीआर परीक्षण गर्दा १४७९ जना र ४६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २२३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १३१६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्