नेदरल्याण्ड्सको नवौँ महाधिवेशनका लागि परेका ३६ उम्मेदवारमध्ये १६ जनाको निवेदन प्रमाणीकरण



बेद राम कडेल, आम्स्ट्रडम ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसको नवौँ महाधिवेशनका लागि परेका ३६ उम्मेदवार मध्ये १६ जना उम्मेदवारहरुको निवेदन प्रमाणीकरण गरी प्रकाशित गरेको छ । बाँकी उम्मेददारहरुले निर्वाचन नियमावालीको रित नपुर्याएकोले उम्मेदवारी अस्वीकृत गरिएको जनाईएको छ भने बाँकी अस्वीकृत पदहरुका लागि पुनः उम्मेदवार माग गर्नु पर्ने देखिन्छ । निर्वाचन समितिले उम्मेदवारहरुको उम्मेदवारी प्रकृयामा समर्थक प्रस्तावक र हस्ताक्षर गर्ने व्यक्तिहरुका बारेमा निर्वाचन आचार संहिता पालना नभएको पाईएकोले शंकास्पद अन्य विषयहरुलाई लामो छलफल गरी निष्कर्षमा पुगेको जनाएको छ ।

नामावाली प्रकाशनमा भएको ढिलाइले समाजमा एक किसिमको अन्योल सृजना गरेको थियो । निर्वाचन समितिले २८ जुन देखि ३० जुन साँझ ५ बजेसम्म इच्छुक ५०५ पञ्जीकृत सदस्यहरुबाट उम्मेदवारी माग गरेको थियो । ३६ जनाको निर्वाचन समितिमा परेका उम्मेदवारिहरुका केही निवेदनहरु निर्वाचन नियमावली, निर्वाचन आचारसंहिता विपरित पाइएकोले निर्धारित समयमा उम्मेदवारी नामावाली घोषणामा ढिलाई भएको बताएको छ ।

समितिले निष्पक्ष,स्वतन्त्र ,धाँधलीरहित निर्वाचन गराउने काममा कुनै व्यक्ति समूहलाई लाभ हुने गरी काम नगर्ने र नगराउने प्रतिबद्धता पनि गरेको छ । विकसित देशमा बसोवास गरेर मात्र सभ्य नभइने तर निर्वाचनको प्रकृया व्यवहारमा निष्पक्ष रुपमा सम्पन्न गरी नयाँ संरचना स्थापित गरेर देखाउने अठोट रहेको निर्वाचन संयोजक फणिन्द्र पन्तले बताएका छन् । नवौँ महाधिवेशनलाई स्वच्छ निष्पक्ष बनाउन लागि पर्ने तर कसैको लोभ लाभ र प्रलोभनमा पारी कसैसँग कुनै गलत सम्झौता नगर्ने निर्वाचन समितिले बताएको छ ।

निर्वाचन समितिमा परेका उम्मेदवारहरुका निबेदन प्रकृयामा प्रकृयागत धेरै त्रुटी फेला परेकोले सबै निवेदनहरु निर्वाचन नियमावली ,निर्वाचन आचारसंहिता अनुसार प्रकाशन गर्न समितिमा विभिन्न कोणबाट छलफल पश्चात ढिला गरी निस्पक्ष रुपमा प्रकाशित गरिएको बताईएको छ । निर्वाचन समितिले उम्मेदवारी अनलाइन तथा सम्पर्क कार्यालयमा स्वयंमा उपास्थित भएर दिन सक्ने व्यवस्था गरेको थियो ।

१६ जना प्रमाणित गरिएका पद र नामावालीसहित

१. आई सीसी -टिकाराम सापकोटा
२. अध्यक्ष – मिम पुर्जा
३. बरिस्ठ उपाध्यक्ष -बिष्णु पोखरेल
४. उपाध्यक्ष – खेम लाल सापकोटा
५. महिला उपाध्यक्ष – सिता सापकोटा
६. कोषाध्यक्ष – सुशिला बानिया
७. सह कोषाध्यक्ष – नन्दा राई
८. साउथ हल्यान्द सम्योजक – राजेन्द्र कुमार शर्मा
९. नर्थ हल्यान्द सम्योजक -सुरेश श्रेस्ठ
१०. लिम्बर्ग सम्योजक – सुवास पराजुलि
११. महिला सम्योजक – चन्दना खडका
१२. युबा सम्योजक – बिकास पोखरेल
१३. युबा सम्योजक – निरज गुरुङ
१४. सदस्य- बालकृष्ण थापा
१५. सदस्य -बिबेक बास्तोला
१६. सदस्य -दिनेश अर्याल

निर्वाचनलाई प्रभावित पार्ने लक्ष्यले सदस्यता नबिकरणमा केही व्यक्ति समूहहरुले एकै बैंकबाट दर्जनौँ सदस्यहरुको शुल्क एनआर एन ए नेदरल्यान्डसको खातामा पठाएको सार्वजनिक भईसकेको छ । उमेदवार दर्ता तथा निर्वाचन प्रकृयामा पनि केही व्यक्ति समूहहरुले अनियमितता न गरोस भन्ने विश्वाशका साथ आचारसंहिता अनुसार नै निर्वाचन प्रकृयाको काम भईरहेको र हुने बताइएको छ । निर्वाचन समितिले बिदेशमा रहेका युवाहरुको बुद्धि, सीप,ज्ञान, विज्ञहरुको सल्लाह सुझाव र निर्वाचन समितिको विवेकअनुसार निर्वाचनमा आवश्यक सामान्य शुद्धीकरणको सुरुवात गरिएको छ ।

यो सुरुवातीको शुद्धीकरण भएकाले केही व्यक्ति समूहको दवाव र प्रतिकूल हुने गरी काम कुनै पनि हालतमा नहुने बताईएको छ । केही व्यक्ति समूहलाई पक्कै ठूलै असर हुने गरी निर्वाचनको प्रकृयाको काम भईइरहेको देखन सकिन्छ ।नवौँ माहाधिवेशनलाई विशेष चासोका साथ कुटनीतिक पाराले केही व्यक्ति समूहहरुले निर्वाचनलाई आफू अनुकुल हुने गरी काम नभएमा धाँधली भएको आरोप लगाई निर्वाचन बहिष्कार गर्न सक्ने कुराहरुमा समाजका सचेत नागरिकहरुले चिया गफमा लामो छलफल अनी चासो लिएको पाईेएको छ ।

निर्वाचन समितिमा विवाद

निर्वाचन समितिमा ५ जनामध्ये २ जनाले प्रकृयालाई असन्तुष्ट मत जाहेर गर्दै टिप्पणी गरेका छन् । निर्वाचन प्रणाली अन्तर्रास्ट्रिय मापदण्ड अनुसार हुनु पर्ने मत राखेको बुझिएको छ । निर्वाचन आचारसंहितामा नयाँ बुदा छलफल नै नगरी कार्यसमिती सल्लाहकार ,संरक्षक ,वर्तमान एनआरएनए कार्यसमिती कुनै पनि निर्वाचन गतिविधि मा सहभागी हुन न पाउने नयाँ बुँदा घुसाइएको छ ।

कार्यसमिती सल्लाहाकार ,संरक्षक, वर्तमान एनआरएनए कार्यसमितिहरुको प्रत्यक्ष सहभागीता रहेकाले निर्वाचन नियमावाली विपरित हुन गएको हो । यो बुँदा उम्मेदवारको हकमा लागु नहुने जानाइएको छ ।

प्रतिक्रिया दिनुहोस्