काठमाडौंमा थप ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

658
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८६ र भक्तपुरका ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज उपत्यकामा ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८ जनाको संक्रमितको मृत्यु भएको छ।