ओली र नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु

1.69k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । नक्सालस्थित होटल मेरियटमा केही बेरअघि वार्ता सुरु भएको हो। बुधबार एमाले एकता जोगाउन गठित कार्यदलले विवादका विषय टुंगो लगाएको जनाएको थियो।

त्यसलाई अन्तिम रुप दिन बुधबार नै ओली र नेपालबीच भेट गराउनेसमेत कार्यदलका सदस्यहरुले बताएका थिए। त्यहीअनुसार ओली र नेपाल स्वयं बसेर विवाद समाधान गर्ने प्रयास सुरु गरेका हुन्। वार्तामा कार्यदलका सदस्यहरु सदस्य विष्णुप्रसाद पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङलगायत पनि सहभागी छन्।