२४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै देशभरमा ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्