माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता



न्युज अफ नेपाल, काठमाडौं ।

माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्व नेताहरु निर्वाचन आयोगमा निवेदन दर्ता गरेका हुन् ।

एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्