पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७५०३ जनाको पीसीआर परीक्षणमा १७१८ र ५०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १६६५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्