पछिल्लो २४ घण्टामा थप १६०३ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा गरिएका ४८७६ जनाको पीसीआर परीक्षणमा १०४२ र ३२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १६०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज २५५२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्