एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको बैठकले सो निर्णय गरेको हो । यस्तै निर्वाचन र महाधिवेशन जुध्ने अवस्था आए महाधिवेशन बैशाखमा सार्ने पनि निर्णय भएको छ ।

यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो । असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको छ।

प्रतिक्रिया दिनुहोस्