लायन्स क्लबले दियो स्वास्थ्य सामग्री



स्याङ्जा, (नेस) । 

लायन्स क्लब अफ वालिङ सिटीले वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण वालिङ नगरपालिकामा पनि उच्च दरमा फैलिरहेको अवस्थामा रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने खालका स्वास्थ्य सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

लायन्स क्लब अफ वालिङ सिटी, लायन्स क्लब अफ वालिङ ग्रिन सिटी, लियो क्लब अफ वालिङ सिटीले संयुक्तरूपमा नगरपालिकालाई स्वास्थ्यसम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेको हो ।लायन्स क्लबले थर्मल गन १० थान, नोजल मास्क १ सय थान, अक्सिमिटर ३० थान, पीपीई सेट २० थान, ग्लोभ्स १० प्याकेट, रेगुलेटर अक्स फ्लो मिटर १५ थान, सर्जिकल मास्क २५ सय थान गरी कुल १ लाख ६५ हजार रुपियाँ बराबरको स्वास्थ्य सामग्री नगर प्रमुख दिलीपप्रताप खाँण तथा उपप्रमुख कल्पना तिवारीलाई हस्तान्तरण गरिएको थियो । विपद्का समयमा आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरणहरु उपलब्ध गराएर सहयोग गर्नुभएकोमा विभिन्न संघ–संस्था तथा व्यक्तिहरुलाई नगर प्रमुख खाँणले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।महमारीका समयमा निक्कै सक्रिय रहेर जनप्रतिनिधि, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु निरन्तर सेवामा खटिरहनुभएको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणमा क्लबको तर्फबाट पनि केही सहयोग गरिएको लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष कविता भुसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्