जसपाको ठाकुर-महतो पक्षबाट मन्त्री बनेका ९ जनालाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण



न्युज अफ नेपाल , काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका ९ जना नेतालाई सात दिने स्पष्टीकरण सोधेका छन्।

जसपा कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवका अनुसार उनीहरू पार्टी नीतिविपरीत ओली सरकारमा सहभागी भएकाले आइतबार स्पष्टीकरणको पत्र पठाइएको छ।यादवले मन्त्री भएका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टिकरण सोधेका हुन्।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने भएको छ। आइतबार बसेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले उक्त निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्