काठमाडौंमा आज र भोलि ज्येष्ठ नगारिकलाई भेरोसेल खोप लगाइँदै



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आज (सोमबार)र भोलि (मंगलबार) ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ। खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।

यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो। खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा आज र भोलि खोप लगाउन लागिएको महानगरले जानकारी दिएको छ। वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्