उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो, अब पुस्तक पसल पनि खुल्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आज बसेको संयुक्त बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो ।

आजको बैठकका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन, होम डेलिभरीका सेवा समेत सञ्चालनमा आउने छन् । त्यस्तै, पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्