लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप



न्युज अफ नेपाल, काठमाडौँ ।

लुम्बिनी प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै जसपा संसदीय दलकी प्रमुख सचेतक पूर्मति ढेंगा मगरले पार्टीका ६ जना सांसदहरुलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

‘संसदीय दलका नेताको निर्देशनमा सबै माननीयज्यूलाई आजै पत्र पठाइएको छ, सबैले ह्वीपको पालना गर्नुपर्छ,’ पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्