उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी, आज तीन जिल्लाका प्रमुखको बैठक बस्दै



न्युज अफ नेपाल ,काठमाडौं ।

काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्दैछ । आइतबार बस्ने प्रजिअहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने जनाइएको छ।

जारी निषेधाज्ञामा तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ। सोमबारदेखि लागू हुने निषेधाज्ञामा उक्त समय १ घन्टा बढाएर १० बजेसम्म पुर्‍याउने तयारी गरिएको छ।

निषेधाज्ञा थपिए पनि पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी रहेको छ। यस्तै विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने बताइएको छ। त्यसका लागि निश्चित समय तोकिनेछ। जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर एक हप्ता लम्ब्याउने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्