मनाङेलाई सम्झदैं गुरुङले भने- ‘सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन्’



न्युज अफ नेपाल, काठमाडौँ ।

गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूालर्य धोका दिएको बताएका छन् । आइतबार पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको बताएका हुन् ।

मनाङेलाई राजनीतिमा आउन आफूले सहयोग गरेको सम्झदै गुरुङले भने ‘सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।’

मनाङेले आफूलाई अन्तिम समयमा धोका दिएको भन्दै उनले भने, ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो ।’

प्रतिक्रिया दिनुहोस्