अहिलेको अवस्थामा सबैभन्दा खराब पात्र राष्ट्रपति: अध्यक्ष केसी   



न्युज अफ नेपाल, बाजुरा ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डाक्टर केदारनसिंह केसीले संविधानको संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारी नै अहिलेको अवस्थामा सबैभन्दा खराबपात्र भएको आरोप लगाउनुु भएको छ ।

अध्यक्ष केसीले शनिवार दिउसो प्रजातान्त्रिक विचार समाज सुदुरपश्चिम प्रदेशले आयोजना गरेको एक समारोहमा उक्त अभिव्यक्ती दिनुुभएको हो । राष्ट्रपति जस्तो गरिमामय संस्था र  देशको सर्वोच्च पदमा पदासिन हुने अनि प्रधानमन्त्री ओलीको लागि सति जाने जस्ता दुुष्परिणम राष्ट्रपतिबाट भएको केसीले बताउनुभयो । राष्ट्रपतिको यस्तो कार्यले संविधान ,देश र जनातालाई हित नहुने केसीले उल्लेख गर्नुभयो ।

देश विशम् परिस्थितीमा गुज्रीरहेको वेला राष्ट्रपति भण्डारीले नै प्रधानमन्त्री ओलीका गलत कदमलाई साथ दिईरहेको उहांले बाउनुभयो । ‘प्रधानमन्त्री ओलीले एकलव्य र निरंकुश शैलीमा देश चलाएका छन्’ केसीले भन्नुभयोे । केसीले भण्डारीमाथि  देश, जनता र संविधानको हित भन्दा पनि प्रधानमन्त्री ओलीका हरेक कदमलाई सही छाप गरेर देशलाई बरबादीमा धकेलेको आरोप लगाउनुभयो । ‘ओली प्रवृत्तिको घोर विरोध गरौं देशभरी जनजागरण गरौं’ अध्यक्ष केसीले भन्नुभयोे ।

“देशमा नेता शासकहरु देशमा विकृती ल्याउन सक्छन् , त्यसलाई जनमतले उल्टाउनुु पर्छ । त्यो अबस्थामा बुद्धीजवी पनि भ्रष्ट भएमा देशको उँदोगति हुन्छ नागरिकले शास्ती पाउँछन् । यो अबस्था बुद्धिजीवि वर्गले राजनीतिक दलको आस्था भन्दामाथि उठेर राष्ट्रका हितमा आवाज बुलन्द गर्नुपर्छ ”अध्यक्ष केसीले भन्नुभयोे ।

प्रतिक्रिया दिनुहोस्