छत्रपाटी निःशुल्क चिकित्सालयलाई सरकारले सहयोग गर्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले राजधानीको छत्रपाटी निःशुल्क चिकित्सालयको लागि स्वास्थ्य सामग्री उपलब्ध गराउनदेखि लिएर आवश्यक सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।राजधानीको भित्रीबस्ती क्षेत्रपाटीमा रहेको सो चिकित्सालयले कोरोना महामारीको समयमाप्रवाह गरेको सेवाप्रवाहप्रशंसनीय रहेको उल्लेख गर्दै मन्त्रीश्रेष्ठले अस्पतालको सेवाप्रवाहलाई अझ चुस्त बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोरोना महामारीको समयमा चिकित्सालयले प्रवाहगर्दै आएको स्वास्थ्य सेवाबारे जानकारी लिनशनिबार क्षेत्रपाटी पुग्नु भएका मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।सो अवसरमा मन्त्रीश्रेष्ठले विदेशबाट आएको स्वास्थ्य सामग्री पाउने नेपाल सरकारको सूचीमा चिकित्सालयको नाम पनि रहेको जानकारी दिनुभयो । उहाँले चिकित्सालयले स्थापना गर्न लागेको अक्सिजन प्लान्टलगायत अन्य पूर्वाधारमा पनि सरकारले सहयोग गर्ने प्रतिबद्धता पनिव्यक्त गर्नुभयो । सो अवसरमा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले महानगरपालिकालगायत सबैको साथ र सहयोग पाएर अस्पतालले कोरोना महामारीको समयमा जनतालाई सहज र सर्वसुलभ रूपमा स्वास्थ्य प्रदान गर्न सकेको बताउनुभयो ।

उहाँले संक्रमणको जोखिमतीव्र रहेको बेलाएकातिर सरकारी अस्पतालमा बेड, अक्सिजनन पाएर मानिसहरू निकै कष्ट व्यहोर्नु परेको र अर्कोतिर निजी अस्पतालमा अतिमहंगो शुल्कले गर्दा स्वास्थ्य सेवान पाएको अवस्थामा चिकित्सालयले सहजरूपमा सेवाप्रदान गरी धेरैको ज्यान बचाउन सकेकोमा सन्तोष व्यक्त गर्नुभयो ।अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका बिरामीलाई सहज उपचारको वातावरण मिलाउन सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गर्ने महानगरको नीतिअनुरूप जेठ १२ गते चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो । चिकित्सालयमा उक्त सेवा सञ्चालनसँगै ५ जना विशेषज्ञ चिकित्सक र ३५ जना नर्स थपिएको थियो । यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार सात सय पाँच रुपियाँ र मासिक सञ्चालनखर्चवापत् करिब ४८ लाख १६ हजार ६ सय ५७ रुपियाँ सहयोग गर्ने बताइएको छ । ३५ शय्याको उक्त अस्पतालमा हाल करिब २० जना कोरोना संक्रमितउपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्