गृहमन्त्री अधिकारीद्वारा दुवै प्रहरी प्रधान कार्यालयको निरीक्षण



काठमाडौं(नेस) ।

गृहमन्त्री खगराज अधिकारीले शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नु भएको छ ।निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिकल्याव, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।

गृहमन्त्री अधिकारीले उपस्थितप्रहरी अधिकृत तथा जवानहरू एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी प्रमुखहरूलाई शान्ति सुरक्षा कायम राख्न निर्देशन दिनुभयो । उहाँले नेपालप्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबै भन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागिनिर्भय, निर्धक्क र उच्चम नोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।घोषित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लगायतका दायित्व निर्वाहको साथै जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गृहमन्त्री अधिकारीले कोभिड–१९ द्वारा सिर्जित विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवम् नागरिकको जीउ धनको सुरक्षाका लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै यस कार्यमा अझ बढी सक्रिय हुनुपर्ने बताउनुभयो ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संगठनले प्राप्त गर्ने नेतृत्वबाट आगामी दिनमा नेपालप्रहरी संगठन थप व्यावसायिक र ऊर्जावान्हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराध रोकथामतथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मूलभूत दायित्वको साथै कोभिडको उपचार, निषेधाज्ञा कार्यान्वयन, कालोबजारी नियन्त्रण, विपद् व्यवस्थापन तथा मध्यावधि निर्वाचनको तयारीमा नेपाल प्रहरी कटिवद्ध रहेको बताउनुभयो ।नेपाल प्रहरीको कार्य योजना २०७७, कार्य सम्पादन सम्झौता, मातहत दर्जाको उत्प्ररेणा र मनोवल विषयमा शोध र प्राप्त सुझावहरूको कार्यान्वयन, प्रहरी कर्मचारीहरूको आचार संहिताको कार्यान्वयन लगायतका विषयले संगठनको पद्धतिजन्य विकास र सुत्रबद्ध परिचालनमा महत्वपूर्ण भूमिकानिर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

निरीक्षणको क्रममा गृहमन्त्री अधिकारी समक्ष प्रहरी नायवमहा निरीक्षक मुकुन्दराज आचार्यले नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षालगायतका विषयमा प्रस्तुती करण गर्नुभएको थियो ।यसैबीच,गृहमन्त्री अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपालप्रधानकार्यालयको निरीक्षण गर्नु भई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भए गरेका काम कारवाहीबारे जानकारी लिनुभयो ।गृहमन्त्री अधिकारी समक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूमि, संरचना, राष्ट्र र नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलको परिचालन, निर्वाचन सुरक्षा योजनातथा रणनीति, विद्यमान सुरक्षाचुनौती, कोभिड–१९ महामारीमा नेपाल एपीएफ अस्पतालले पु-याएको योगदान, संयुक्त राष्ट्रसंघीय मिसनहरूमा सशस्त्रप्रहरी बलको परिचालन, मानव अधिकारको संरक्षण र संवर्धन लगायत भएगरेका विविध विषयहरूमा प्रस्तुती करणमार्फत जानकारी गराइएको थियो ।गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बलमा आवद्ध रहेर सेवा गर्न पाउनु गौरवको विषय भएको तथा सशस्त्र प्रहरी कर्मचारीहरूले सीमा सुरक्षामा पु-याएको योगदानको उच्चप्रशंसा गर्नुहुँदै राष्ट्र र नागरिकको सेवा सुरक्षामा पु-याएको योगदानको कदर गर्नुभयो ।सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको अभिन्न सुरक्षानिकायको रूपमा अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो– ‘कोभिड–१९ महामारी व्यवस्थापनमा एपी एफ अस्पतालबाट दिइएको सेवातथा सुविधाअब्बल रहेको भन्दै उहाँले भूकम्प जस्ता महामारीमा साधन स्रोतको अभावका बीच संगठनले गरेको कार्यको ह्रदयको गहिराइबाट सम्मान प्रकट गर्न चाहन्छु ।’

समारोहमा सशस्त्रप्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा गृहमन्त्रीबाट भएको सशस्त्रप्रहरी बल नेपालप्रधानकार्यालयको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्रप्रहरी कर्मचारीहरूको मनोबल तथाहौसलामावृद्धि भएको उल्लेख गर्नुहुँदै माननीय गृहमन्त्रीज्यूको १२ बुँदे निर्देशन र निरीक्षण भ्रमणको क्रममाभएको निर्देशनलाई अक्षरशःपालना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।महानिरीक्षकखनालले सीमा सुरक्षातथाव्यवस्थापनजस्तो संवेदनशील र नेपाल सरकारको उच्चप्राथमिकतामा रहेको विषयलाई थपप्रभावकारी बनाउन सुदूर पूर्वको ओलाङचुङ्गोलादेखि सुदूर पश्चिमको छाङ्गरु तथा सुस्तादेखि कञ्चनपुुरको ब्रम्हदेवसम्मको स्थानमा गण, गुल्म र विओपीका माध्यमबाट तैनाथ रहीइमान्दार अनुशासितएवं व्यावसायिकरूपमा राष्ट्रको सुरक्षा, राष्ट्रियताको जगेर्ना एवं जनताको सेवा, सुरक्षा र उद्धार कार्यमा अहोरात्र परिचालनहुँदै अन्य सम्बद्व नियकासँग सहकार्य र समन्वय गरी आफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई पूरा गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्