केन्द्रमा भिड्ने, प्रदेशमा मिल्ने

एमाले विवाद



मधुसूदन रायमाझी, काठमाडौं । 

सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद विभाजनको डिलमा पुगेको बेला वागमती प्रदेशमा एमालेका सांसद एकताबद्ध भएर नीतितथाकार्यक्रमपारित गरेका छन् । कर्णाली र सुदूरपश्चिमप्रदेश सरकार गठनमा प्रदेश सांसदहरूले विभाजितभएर माओवादी केन्द्रको नेतृत्वको सरकारलाई विश्वासको मत दिएकाथिए । तर,वागमतीप्रदेशमाभने एमालेका ५७जना नै प्रदेश सांसद एकै ठाउँ उभिएर प्रदेश सरकारले ल्याएको नीतितथाकार्यक्रमपारित गरेका छन् । प्रमुखप्रतिपक्षी दल नेकपामाओवादी केन्द्र, विपक्षीदलहरू नेपालीकांग्रेस, विवेकशील साझा पार्टी, नेपालमजदुर किसान पार्टीले भने नीतितथाकार्यक्रमको समर्थन गरेनन् । नीतितथाकार्यक्रममाथि राप्रपाकादुई सांसद् तटस्थ बसे ।

गतवैशाख २७गते आफ्नै पार्टीका प्रधानमन्त्री केपीशर्मा ओलीलाई खनाल–नेपाल समूहका २८ जना सांसदले संसद्मा विश्वासको मत दिएका थिएनन् । विश्वासको मत नपाएका कारण प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् विघटन गर्ने निर्णय गर्नुभएको थियो । पार्टी केन्द्रमाविवादकायमै रहेको बेलाप्रदेशमा नेताहरूबीच बनेको समझदारीकै कारण आशंकाको बीच वागमतीप्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेर एकताको सन्देश दिएका छन् ।एक सय १० सदस्यीय प्रदेशसभामा सभा मुखसहित एमालेको ५७ सांसद छन् । नेकपा एमालेका नेतृ एवं प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले संसदीय दल एक हुँदा नीति तथा कार्यक्रम पारित भएको बताउँदै केन्द्रलाई सन्देश पनिदिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री डोरमणि पौडेलको व्यवहारले हामी आजित थियौँ । अवस्था तनाव पूर्ण नै थियो, तर आखिर कम्युनिस्ट आन्दोलन त क्षतविक्षत हुने अवस्थाआयो, वागमती प्रदेशले पार्टी एक बनाउनकिनपहलनगर्ने त भनेर हामीले उदारता देखायौं’, उहाँले भन्नुभयो– ‘केन्द्रमा पार्टी अध्यक्षएवं प्रधानमन्त्री ओलीको हठले बिग्रियो । प्रदेशमा त हामीमिलाउन सक्ने अवस्थामा छाै, मिलेर अगाडि बढ्ने सहमति भएको छ ।’राष्ट्रिय सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई मत नदिई डा. खिमलाल देवकोटालाई मत दिएको भन्दै वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खनाल नेपाल समूहका १५ जना सांसदलाई स्पष्टीकरण सोध्नुभएको थियो । तर,मुख्य मन्त्री पौडेलले नीति तथा कार्यक्रम तयार गर्नुपूर्व नै राजेन्द्र पाण्डेको नेतृत्व मानौ सदस्यीय कार्यदलले तयार गरेको सुझाव अनुसारको नीति तथा कार्यक्रम आएकाले वागमती प्रदेशमा सांसदहरू एकताबद्ध हुने अवस्था सृजना भएको थियो । मुख्य मन्त्री लिखित रूपमै स्पष्टीकरण (कारबाही) फिर्ता लिनतयार भएपछि दल एकढिक्का भएको थियो ।

सर्वोच्च अदालतले जेठ २ (एमाले–माओवादी केन्द्रबीचको एकता) अघिको कमिटी र त्यसले गरेको निर्णय मात्रै वैध हुने भनि सकेपछि ओलीले हठ त्याग्नु नै राम्रो हुने बताउँदै नेतृ शाक्यले अहिले अदालतले पाठ सिकाउँदै मिल्न दबाब दिनु सकारात्मक विषय भएको बताउनुभयो । यसअघि, गण्डकी प्रदेश संसदीयदलमा पनि एमाले एक ढिक्का देखिएको थियो । त्यहाँका झलना थखनाल र माधवकुमार नेपाल समूहका इन्द्रलाल सापकोटाले संसदीयदलको निर्णयानुसार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मतको पक्षमा उभिनु भएको थियो ।पार्टीको केन्द्रमा नेताहरूबीच व्यक्तिगत ‘इगो’का कारण विवाद चर्किंदै गएको छ । पार्टी भित्रको विवादकै कारण आफ्नै पार्टीका प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेदेखि लिएर संसद् विघटनपछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीनियुक्त गर्नका लागिखनाल नेपालका सांसदहरू रिट निवेदनमाहस्ताक्षर नै गरेका छन् । वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा एमालेका नेता कैलाश ढुंगेलले वागमती प्रदेशमा पार्टी एक एकताबद्ध रहेको सन्देश दिएको बताउनुभयो । जनमत अनुसार पार्टीलाई एकताबद्ध बनाएर लैजानुको अर्को विकल्प नभएको बताउँदै पार्टीभित्रको आन्तरिक समस्या समाधान गरेर पार्टी एकतालाई बचाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्