मर्यादा विपरीत अभिव्यक्ति सांसद् वैद्यद्वारा आत्मालोचना



रोशन पराजुलीहेटौंडा, (नेस) ।

वागमती प्रदेश सभाको बैठकमा शनिबार नेपाली कांग्रेसका सांसद् नरोत्तम वैद्यले आत्मा लोचनासहित माफी मागेका छन् । उनले संसदी यमर्यादा विपरीत अभिव्यक्ति दिएपछि उनकै दलका केन्द्रीय र प्रादेशिक नेताले पनि आपत्ति जनाएका थिए । उनको अभिव्यक्तिले देशभर राजनीतिक तरंग ल्याएको थियो भने हेटौंडामा विरोध प्रदर्शन शुरूभएको थियो ।

शुक्रबार प्रदेशसभा बैठकमा महात्मा गान्धीका हत्यारा नाथुराम गोठ्सेको नामलिएर प्रधानमन्त्री केपी ओलीविरुद्ध आफू गोठ्से बन्नतयार रहेको बताएका कांग्रेस सांसद् वैद्यले शनिबारको बैठकमा प्रधानमन्त्रीसँग जोडेर आफूले व्यक्त गरेका धारणाबारे पार्टीको निर्देशनअनुसार आत्मालोचना गर्नुभएको हो ।उहाँले प्रदेश सभामा समय लिएर बोल्दै आफूले बोलेका शब्दफिर्ता लिनु भएको थियो ।उहाँले आफूले बोलेका कुरा नीति र संसदीय मर्यादा विपरीत रहेको महसुस गर्दै अभिव्यक्तिफिर्ता लिँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन अनुरोध गर्नुभयो ।‘शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि अन्यदलहरूलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीका नाताले आफूले बोलेका अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन अनुरोध गर्दछु’ वैद्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ–‘पार्टीको नीति तथा संस्कृतिको पालना गर्दै संसदीयमर्यादा पालना गर्न प्रतिवद्ध रहेको जानकारी गराउँदछु ।

उहाँले आफ्नो शब्दफिर्ता लिए पनि प्रधानमन्त्री ओली प्रतिको असन्तुष्टि भने यसरी पोख्नु भयो–‘ओली प्रवृत्ति यस्तो खतरनाक भएर आयो कि आफ्नो सत्ता बचाउन जे पनि सम्झौता र षडयन्त्र गर्न खोज्ने ।आफ्नो सरकार टिकाउन जुनसुकै पार्टीसँग सम्झौता गर्न तयार छन् ।’वैद्यले माफीमा गेपछि सभामुख सानुकुमार श्रेष्ठले उहाँको भनाइ रेकर्डबाट हटाइएको जानकारी बैठकलाई गराउनुभयो । आगामी आर्थिक वर्षका लागिप्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमबारे छलफलमा शुक्रबार वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तो सुकै सम्झौता गरेको आरोप लगाउँदै भन्नुभएको थियो–‘खड्ग प्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइ दिन्छन् । अब नाथुराम गोठ्से बन्न तयार हुनुप-यो ।कोही बन्न तयार छैनन् भने म बन्छु ।’उहाँले गोठ्सेले गान्धीको हत्या गरेर भारतलाई बचाएको दाबी गर्नुभएको थियो । वैद्यको अभिव्यक्तिमा प्रदेश सभामा तत्काल कसैले विरोध जनाएका थिएनन् ।गोड्से हिन्दु राष्ट्रवादका कट्टरपन्थी थिए, जसले सन् १९४८ जनवरी ३० मा भारतमा महात्मा गान्धीको हत्या गरेका थिए । गोठ्से एक आवारा थिए, जसलाई हिन्दु उग्रवादीहरूले गान्धीको हत्याका लागि भाडामा लिएका थिए । जेलमाउनको उपचार गर्ने सिलसिलामा यो कुरा पत्ता लागेको थियो कि उनी एक प्रकारको मस्तिष्क माइग्रेन रोगबाट ग्रस्त थिए ।

वैद्यको अभिव्य  क्तिनिन्दनीय रहेको भन्दै उनलाई तत्काल निलम्बन गरी आवश्यक कारबाही गर्न आग्रहसहित नेपाल कम्युनिष्ट पार्टीका भ्रातृ तथा शुभेच्छुक संघसंगठनले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा सभामुख श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै तत्काल निलम्बनको माग गरेका थिए ।युवा संघ नेपालका स्थायी कमिटी सदस्य सन्तोष चौलागाईंको नेतृत्वमा रहेको टोलीले हत्या जस्तो जघन्य अपराध गर्ने पासविक बर्बरतापूर्ण सोच भएका सांसद्को अभिव्यक्ति तत्काल संसद्को श्रव्यदृष्य रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गरेको थियो ।नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीका प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध आफू गोठ्से बन्नतयार रहेको भनेर दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै पार्टीले उन्मुक्ति नदिने बताउनु भएको थियो । शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको थियो–‘संसद्मा संयम गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न । शब्दफिर्ता लिएर आत्मालोचना गर्न पार्टीको निर्देशन छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।

कांग्रेस सांसद् वैद्यको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको पार्टी प्रदेशका नेता इन्द्रबहादुर बानियाँले बताउनुभयो । उहाँले आलोचना गर्दा राख्नु पर्ने संयम, परिपक्वता र पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीयदलको नेताको हैसियतले आग्रहसहित निर्देशन दिनुभएको थियो ।हेटौंडामा प्रधानमन्त्री ओलीको नामलिएर आपत्तिजनक अभिव्यक्ति दिएका कांग्रेस सांसद् वैद्यको तस्बीर जलाइएको थियो । शनिबार बिहान नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियु, अनेम संघ, मदन भण्डारी स्पोर्टस् एकेडेमीले सडकमा प्रदर्शन गरेका थिए । वैद्य, काठमाडौं क्षेत्र–४ (क) बाट प्रदेशस भामा कांग्रेसबाट निर्वाचित सांसद् हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्