गण्डकीका मुख्यमन्त्री पोखरेलसँगै ४ मन्त्रीले लिए सपथ



न्युज अफ नेपाल, पोखरा।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले शनिबार शपथ लिएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रीको शपथ लिएका हुन् ।

उनीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्