राजमो सांसद थापा र जसपाको समर्थन रहेको भन्दै गण्डकीको मुख्यमन्त्रीमा फेरि गुरुङको दाबी



न्युज अफ नेपाल, पोखरा ।

राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी जसपाको समर्थनको पत्र लिएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले फेरि दाबी गरेका छन् । यद्यपि जनता समाजवादीका सांसदहरूले भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताएका छन्। तर जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गरेका हुन् ।

२७ गते विश्वासको मत नपाएका गुरूङले अहिले फेरि दाबी गरेका हुन्। यसअघि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा श(शरीर उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्