नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्छ : सूर्य थापा



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका पे्रस सल्लाहकार सूर्य थापाले नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्ने बताएका छन् ।

शुक्रबार बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउनकै लागि देशघाती सम्झौता गरिरहेको जनाउँदै हाल नाथुराम गोड्से जस्ता व्यक्तिको आवश्यकता रहेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए । वैद्यको यो अभिव्यक्तिप्रति थापाले ट्वीट गर्दै वैद्यले अपराधिक मनसायका साथ बोलेको मिसनवाला मिडियाले नसुनेको तथा देउवा, प्रचण्ड र उपेन्द्र पनि मौन रहेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्