गण्डकी प्रदेश: सांसदको हस्ताक्षर सनाखत निर्णय शनिबार



न्युज अफ नेपाल, काठमाडौँ । 

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ सांसदलाई प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित गराएर सांसदकाे हस्ताक्षर बुझाए पनि गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले भोलिमात्रै सनाखत गर्ने बताउनु भएको छ ।

पोखेरलले, ‘हजुरको उपस्थितिमा सनाखत गरौं की कर्मचारीले सनाखत गर्दा हुन्छ’ भनी पौडेललाई सोधेका थिए । तर, पौडेलले, ‘तपाईंहरूले ल्याई हाल्नु भयो, भोलि सनाखत गराउँला’ भन्ने जवाफ दिएको एक संसद्ले बताए । पोखेरलले बजेटलाई ध्यानमा राखेर छिटो निर्णय गर्न आग्रह गरेका थिए ।

त्यस्तै, सरकार गठनको दाबी गर्ने अवधि शनिबार ३ बजेसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्