१२ वर्षपछि मुगुले मन्त्री पायो, खुसीयालीमा दीप प्रज्वलन 



न्युज अफ नेपाल, मुगु ।

बाह्र वर्षपछि बगेको खोला पनि फर्किन्छु भन्ने नेपाली भनाई दुर्गम हिमाली जिल्ला मुगुको संघीय सरकारको मन्त्रीको यात्रामा लागु भएको छ ।

मुगुले राज्य मन्त्री पाएको ठिक बाह्र वर्षपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार मन्त्रीमण्डललाई पूर्णता दिने क्रममा मुगुले पहिलो पटक क्याविनेट मन्त्रीका रुपमा विघटित प्रतिनिधिसभा सदस्य मोहन बाँनियालाई नियुक्त गरेपछि उक्त भनाई चरितार्थ बनेको हो ।

मानव विकास सूचाकांकको पुछारमा रहेको मुगुबाट २०६६ जेठ ११ गते तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल नेतृत्वको सरकारमा नेकपा मालेबाट मुगुका मानबहादुर शाही भूमिसुधार तथा व्यवस्था राज्यमन्त्रीमा रुपमा नियुक्त पाएको बाह्र वर्षपछि बाँनियाको सिंहदरबार प्रवेश भएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको जिम्मा हेर्ने गरी बाँनियाले पद तथा गोपनियताको सपथ खाएपछि मुगुको क्याविनेट यात्रा प्रारम्भ भएको छ ।

लामो अथक प्रयास पछि मुगुका राष्ट्यि सभाका सदस्य मोहन बानिया मन्त्री बनको खुसियालि जिल्लाको थोरै भयपनि बिकास हुने आशाले मुगु सदरमुकाम गमगढिमा नेकपा एमालेको अगुवाइमा जिल्ला वासिले बधाई दिनुको साथै दिप प्रजवलन गरेका छन् । पटक–पटक सरकार परिवर्तन भएपनि कर्णाली अञ्चल नैं वहिष्करण् परेपछि मुगु समेटिने कुरै भएन। तत्कालीन नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायतका राजनीतिक दलहरुमा जिल्ला देखि अञ्चल हुँदै केन्द्रमा समेत प्रतिनिधित्व गर्ने नेताहरु भएपनि कसैलेपनि मन्त्रीको जिम्मेवारी पाएका थिएनन् ।

सत्तारुढ दल नेकपा एमालेका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्ज समेत रहेका नेता बाँनियाले लामो समयको प्रयास पश्चात मन्त्रीको यात्रा सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्