गण्डकी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान



न्युज अफ नेपाल, काठमाडौँ ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको नयाँ सरकार गठनको लागि आह्वान गरेकी छन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत नपाएपछि २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो । नयाँ सरकार गठनको समयसीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्