विवेकशील दलका संस्थापक नेता उज्जलको १०औं पुण्य तिथिमा दमक १० मा १० बोटबिरुवा



दमक ।

स्वतन्त्र युवा अभियान दमक १० ले उज्जल थापाको १०औ पुण्य तिथिमा झापा दमक नगरपालिका वडा न १० मा रहेको जनता निम्न माध्यमिक बिद्यालयको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि १० जातिको बोटबिरुवाहरु लगाएका छन ।

कार्यक्रममा स्वतन्त्र युवा अभियान दमकका अभियन्ता पदम भण्डारी, बिद्यालयका संचालक समितिका अधक्ष्य बालकृष्ण खनाल, बिद्यालयका प्राधानाध्यापक डम्बा न्यौपाने र स्वतन्त्र युवा अभियान दमकका अभियन्ताहरुको सहभागी रहेको थियो ।

कोरोना संक्रमणबाट विवेकशील दलका संस्थापक नेता उज्वल थापाको ४४ वर्षको उमेरमा १४ जेठमा निधन भएको थियो । नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने थापा पेशाले सूचना प्रविधि क्षेत्रका उद्यमी हुन् । उनकै अगुवाईमा अभियानका रुपमा सुरु भएको विकेकशील नेपाली पछि निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा सहभागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्