सभामुखले बोलाएको बैठकमा प्रधानमन्त्री सहभागी नहुने



न्युज अफ नेपाल ,काठमाडौ‌ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था तथा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीसहित सबै दलका नेतालाई बोलाएका हुन् ।

सभामुखको सचिवालय अनुसार बुधबार नै सबै नेताहरुलाई बैठकमा सहभागी हुन पत्र पठाइसिकएको छ । बैठक दिउँसो २ बजेका लागि स‌‌सद भवनको ल्होत्से हलमा बस्नेछ । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्