गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ



न्युज अफ नेपाल, पोखरा ।

गुण्डा नाइकेको छवि बनाएका कांग्रेस नेता गणेश लामा बिहीबार पोखराबाट पक्राउ परेका छन् । निषेधाज्ञा उल्लंघन गर्दै काठमाडौंबाट पोखरा आइपुगेको भन्दै प्रहरीले उनलाई लेकसाइडबाट नियन्त्रणमा लिएको जनाएको छ ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई उनले राजनीतिक चलखेल गर्न आएको आशंका गरिएको छ । मन्त्री दीपक मनाङे विश्वासको मतदानका बेला बिहीबार प्रदेश सभा नगएपछि लामाले चलखेल गरेका आशंका छ ।

 

प्रतिक्रिया दिनुहोस्