यस्तो छ ओली सरकारको २५ सदस्यीय मन्त्रिपरिषद्



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता दिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा सञ्चार मन्त्री बन्ने भएकी छन् भने खगराज अधिकारीले गृह सम्हाल्ने भएका छन् ।

त्यस्तै, कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरी मानव तस्करी गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका नारद मुनि राना बन मन्त्री बन्नेका छन् । माओवादीबाट कारबाहीमा परेकी प्रदेश २ की सांसद ज्वालाकुमारी शाहले कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

मन्त्री तथा राज्यमन्त्रीको कार्यविभाजन :

प्रतिक्रिया दिनुहोस्