स्याङ्जामा जेष्ठ २८ गते कोरोना विरुद्धको खोप लगाइदै



भूपराज बस्याल, स्याङ्जा । 

चीनबाट ल्याइएको कोरोना विरुद्धको भेरोसिल खोपको पहिलो डोज स्याङ्जा जिल्लामा जेष्ठ २८ गते लगाइने भएको छ ।जिल्लाको लागि आएको ३ हजार ५ सय १४ खोप ६२ बर्ष पूरा भइ ६४ बर्ष ननाघेका वृद्धबृदा लगाइने जिल्ला जनस्वास्थ्य निमित्त प्रमुख बिष्णु प्रसाद सुवेदी जानकारी दिनुभयो । जिल्लामा १२‍ हजार खोपको माग गरिएको भएपनि माग अनुसारको खोप आउन नसकेपछि हाललाई यो उमेर समुह छनोट गरिएको सुवेदीको भनाइ छ ।

खोप माग अनुसार नभएको हुँदा जिल्लाभरका ९६ वटा खोप केन्द्रबाट एकै दिन लगाए सकिने भएको हुँदा उक्त उमेर समुहका नागरिकले आफ्नो नजिकै खोप केन्द्रमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । दुई डोज लगाएपछि मात्रै यसको मात्रा पूरा हुनेभएपछी दोश्रो डोजको लागि असार २८ गते तय गरिएको पनि सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्