कोरोनाविरुद्धकाे खोप लगाउनुहोस्, एक खिल्ली गाँजा निःशुल्क पाउनुहोस् ?



न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकाको वासिङ्टन राज्यले  खोपका लागि आकर्षित गर्न अनौठो योजना बनाएकाे छ । वासिङ्टनमा कोभिड–१९ को खोप लगाउन आउने युवाहरुले एक खिल्ली गाँजा निःशुल्क पाउने भएका छन्।

राज्यको लिक्वर एन्ड क्यानेबिस बोर्डले सोमबार जोइन्टस् फर ज्याब’ (खोपको बदला गाँजा) योजना तत्काल लागू हुने र जुलाई १२ सम्म जारी रहने घोषणा गरेको थियो । बोर्डले खोपको पहिलो डोज वा दोस्रो डोज लगाउने २१ वर्ष वा सोभन्दा माथिका वयस्कलाई खोप लाएको बदलामा तयार गरिएको गाँजाको एक खिल्ली निःशुल्क दिन बिक्रेताहरूलाई भनेको छ ।

यस्तो अनौठो अफर ल्याउने वासिङ्टन पहिलो राज्य भने होइन । एरिजोनामा पनि खोप लगाएवापत गाँजा दिने अफर ल्याइएको थियो । हालसम्म वासिङ्टनमा ५८ प्रतिशत जनाले कम्तिमा एक डोज खोप लगाएका छन् भने ४९ प्रतिशतले दुवै डोज लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्