जसपा ठाकुर-महतो पक्षले बोलायो संसदीय दलको बैठक



न्युज अफ नेपाल ,काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ । जसपाका एक सांसदले दिएको जानकारीअनुसार आजको बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर सांसदहरुलाई खबर गरिएको छैन् ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धारा ७६ को ५ अनुसार नयाँ सरकार गठनको लागि राष्टपतिसमक्ष सिफारिश गरेको र सोहीअनुसार राष्टपतिले आज साँझ ५ बजेसम्मको समय दिएपछि ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको छ ।

हिजो  राति अबेरम्म अध्यक्ष ठाकुर र नेता महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेको र सरकारमा सहभागी हुनेबारे ठोस सहमति गरेको खबर छ । सरकारमा सहभागी हुनेबारे निर्णय गराउन नै जसपाको बहुमत सांसदहरुको बैठक बस्न लागेको एक सांसदले बताएका छन्

ठाकुर पक्षले अघि सारेका माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीले हिजोको मन्त्रिपरिषद बैठकमा सोहीअनुसार निर्णय लिईएको जसपा ठाकुर पक्षका नेताहरुको विश्वास छ । ठाकुर पक्षलाई सरकारमा सहभागी हुनको लागि प्रधानमन्त्री ओलीले यसअिघ नै आग्रह गरेका थिए । तर, ठाकुरले अफ्नो माग पूरा नगरेपछि कसरी सरकारमा सहभागी हुने भन्दै प्रधानमन्त्रीको प्रस्तावलाई अस्विकार गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्