भोलि कांग्रेसको संसदीय दलको बैठक बस्दै



न्युज अफ नेपाल काठमाडौं ।

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बुधबार बस्दै छ । बैठक बुधबार दिउँसो साढे २ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने र पार्टी संसदीय दलले सुचना मार्फत जानकारी दिएको छ ।

बैठकमा विशेष गरी आउदो बजेट अधिवेशनमा दलको भूमिकालाई कसरी सशक्त पर्ने विषयमा छलफल हुने बताइएको छ । त्यसै गरी बैठकमा बहुमतीय सरकार गठन हुन नसकेको अवस्था कसरी सृजना भयो भन्ने प्रति पनि गंभिर समिक्षा हुने नेताहरुले बताएका छन् ।

सरकारले बजेट अधिवेशन आव्हान गर्न अलमल गरिरहेको वेला प्रमुख प्रतिपक्षी दलले संसदीय दलको कार्य समितिको बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्