काठमाडौंमा मात्र थप २१४६ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा शनिबार २ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज काठमाडौंमा २ हजार १४६ थपिएका छन्। यस्तै, ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भने थप १८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्