काठमाडौँ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागसहित देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।











प्रतिक्रिया