झापामा कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ


झापा ।

झापाको भद्रपुरमा अवैध कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बु रहेका छन्।

आइतबार अपराह्न वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा लिम्बुको कोठामा खानतलासी गर्दा सुत्ने बेडमुनि लुकाइराखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको हो।

बरामद हतियारसहित लिम्बुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुज्जन अवाले जानकारी दिएका छन्।