कोरोना नियन्त्रणमा बनेपाको सक्रियता, भर्चुअल विधिबाट सञ्चारकर्मीसँग अन्तर्कृया



मोतीराम तिमल्सिना, काभ्रे ।

कोभिड १९ को महामारी फैलदै गए पछि बनेपा नगरपालिकाले संक्रमण न्युनिकरण गरी संक्रमितहरुको उपचारमा ध्यान दिन बनेपा नगरपालिकाले गरेको तयारीका बारेमा जिल्लाका संचारकर्मीहरुसँग भर्चुअल माध्यमबाट जानकारी गराएको छ । नगरपालिकाले भोली आईतबारबाट शुरु गर्न लागेको कोभिड डेडिकेटेड अस्पताल तथा अन्य विषयमा जानकारी गराईएको नगर प्रमुख लक्ष्मीनरसिं बादे जानकारी दिनु भयो । नगरपालिकाले शुरु गरेको आईसोलेसन तथा थप उपचारका लागि भोमी अस्पतालमा कोभिड अस्पताल निर्माणका लागि नगरपालिकाले गरेको प्रयास र संक्रमण रोकथामका लागि भएका प्रयासका बारेमा नागरिकहरुलाई जानकारी गराउने उदेश्यले भर्चुअल विधिबाट जिल्लाका संचारकर्मीहरुलाई जानकारी गराईएको नगर प्रमुख बादेले बताउनु भयो ।

‘बनेपा नगरपालिकाले कोभिड १९ नियन्त्रण गर्न संक्रमित बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवा एवं नगरका अन्य गाडीहरुको व्यवस्था गरी सेवा प्रदान गर्दै आइरहेको छ’–नगर प्रमुख लक्ष्मी नरसिं बादेले भन्नुभयो–‘नगरपालिकाले कोभिड–१९वाट प्रभावित नगरबासीहरुका लागि पोलिटेक्निक ईन्ष्टिच्यूटमा ५० बेडको अक्सिजन सहितको आईसोलेन कक्षमा विरामीहरुको उपचार शुरु गरिएको छ ।’ भर्चुअल सम्मेलनमा उपप्रमुख रेखा सापकोटा दाहालले आईसोलेसनमा डाक्टर, आवश्यक औषधीको समेत ब्यबस्था गरीएको साथै उक्त आाईसोलेसनमा हाल १२ जना संक्रमितहरुले उपचार गराईरहेको बताउनु भयो ।

भर्चुअल विधिबाट गरिएको सम्मेलनमा संचारकर्मीहरुले जिल्लाको ब्यापारीक केन्द्र बनेपामा अखाद्य पसलहरुका कारण भिडभाड बढेको, बजार क्षेत्रको ब्यवस्थापनमा कडाई गरी नागरिकहरुको सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरेका थिए । जिल्लामा सबै भन्दा धेरै संक्रमित नागरिकहरु बनेपामा रहेकाले उच्च जोखिममा रहेको बनेपाले विभिन्न विषयमा ध्यान दिन ढिलाई गर्न नहुनेमा संचारकर्मीहरुले जोड दिए । जिल्लामा पहिलो पटक बनेपा नगरपालिकाले संचारकर्मीहरुलाई कोभिड १९ का बारेमा जुम मार्फत भर्चुअल विधी अपनाउँदै कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका बारेमा जानकारी गराएको हो ।

कोभिड–१९ को लक्षण देखा परेको र संक्रमितहरुको ट्रेसिङमा रहेका नगरवासिहरुको स्वाब संकलन र परीक्षणकालागि बनेपा नगरपालिका स्वास्थ्य शाखा, सद्भाव अस्पताल नाला र स्पाइनल इन्जुरी भैसेपाटीवाट संकलनको व्यवस्था मिलाइएको प्रमुख प्रशासकिय अधिकृत कविराज न्यौपानेले बताउनु भयो । लक्षण भएका र ट्रेसिङमा परेका नगरवासिहरुको घर घरमा पुगी घुम्ती स्वाब संकलन गरि होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई डाक्टरद्धारा परामर्श दिन शुरु गरिएको उप्रेतिले बताउनु भयो ।

भोमी अस्पताललाई ९ बेडको आइसियू र अक्सिजन सहित २५ बेडको कोभिड डेडिकेटेड अस्पताल संचालनको सम्झौता गरी कार्यान्वयनमा ल्याउने गरी तयारी सकिएको छ । नगरपालिकाले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि १ करोड ५० लाखको उपचार कोष स्थापना गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषका लागि बनेपा नगरपालकिाका जनप्रतिनिधिहरुवाट १ महिनाको सेवा सुविधा जम्मा गरिएको छ । नगरपालिकाले थप आइसियू र एच.डि.यू.स्थापनाका लागि भगिनि सम्बन्ध रहेको मित्र राष्ट्र चीनको सिगात्से संग समन्वय र सम्पर्क गरिरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्